सहकारीको रकम अपचलन मुद्दामा रविसहित ७ जनाको बयान सकियो, आजबाटै थुनछेक बहस हुने

भक्तपुर न्यूज

१६ पुष २०८१ १४:४२

सहकारीको रकम अपचलन मुद्दामा रविसहित ७ जनाको बयान सकियो, आजबाटै थुनछेक बहस हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा न्यायाधीशसँगको बयान सकिएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा रविसहित ७ जनाको बयान सकिएको हो ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ । उनीहरुसँगको बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस हुने अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय