अर्जुनचौपारीका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भक्तपुर न्यूज

१६ पुष २०८१ १४:२५

अर्जुनचौपारीका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले मंगलबार अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा गुणस्तरहिन ढलान गरेर भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुुरण गुरुङ, तत्कालीन इन्जिनियर नवीन थापा, उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले, कोषाध्यक्ष हिमकुमारी केसी, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, इन्जिनियर सुदिप आचार्य, तल्लो बजार नाली तथा ढलान निर्माण उपाभोक्ता समितिका अध्यक्ष मंगल देवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरूले बाटोको कमसल काम गरेर दुई फरक ठाउँमा क्रमश २७ लाख ५ हजार ११ रुपैयाँ र ८ लाख ३४ हजार ३२० रुपैयाँ भ्रष्टाचार गरकोे अख्तियारका सहायकप्रवक्ता देवीप्रसाद थपलियाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय