नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति ?

भक्तपुर न्यूज

१६ पुष २०८१ १२:५३

नेपाल लाइफको नयाँ बोनस दर सार्वजनिक, कुन योजनामा कति ?

काठमाडौं । आर्थिक वर्ष २०८०\८१ को बीमाङ्कीय प्रतिवेदनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०८०\८१ को कम्पनी बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस १२ गते स्वीकृत भई बीमालेखहरूमा नयाँ बोनस दर कायम गरिएको हो। कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।

सावधिक जीवन बीमालेख योजनाका अन्तर्गत, बीमितहरूले बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ६० रुपियाँदेखि अधिकतम ८२ रुपियाँसम्म बोनस पाउनेछन्। सुरक्षित जीवन,जीवन ज्योति,ग्रामीण सावधिक,सावधिक लघु,केटाकेटी सुनिश्चित ,भविष्य तथा शिक्षा जीवन बीमा,जीवन लक्ष्मी जीवन उदय (एकल योजना) नौलो बीमा योजनाहरूमा बोनस सावधिक जीवन बीमालेख अन्तर्गतकै नौलो योजनाहरूमा बोनस दर निम्न प्रकारका छन् ।

बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ। सावधिक जीवन बीमालेख अन्तर्गतको सुनौलो भविष्य जीवन बीमा ”योजना (विकल्प १ र विकल्प २)” मा बीमितहरूले बीमा अवधिअनुसार न्यूनतम ६० रुपियाँ र अधिकतम ६५ रुपियाँसम्म बोनस पाउने छन् ।

सर्वाधिक जीवन बीमालेख ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *