सर्लाहीमा ट्रयाक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु
काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया चोकमा सोमबार राति ट्रयाक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दास रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
बलराबाट उखु बोकेर हरिवन चिनी मिलतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको ज ४ प ३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।
प्रहरीका आुसार महतोको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा र दासको बयोधा अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
