अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

भक्तपुर न्यूज

१५ पुष २०८१ १२:१५

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

काठमाडौं । अमेरिकी पूर्व रष्ट्रपति जिमी कार्टरको निधन भएको छ । अमेरिकाको ३९ औं राष्ट्रपति बनेका कार्टरको १०० वर्षको उमेरमा आइतबार जर्जियास्थित आफ्नै घरमा निधन भएको छ ।

१ अक्टुबर १९२४ मा जन्मिएका उनी १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । राष्ट्रपतिको पदावधि सकिएपछि उनले आफ्नो संस्था ‘कार्टर सेन्टर’ मार्फत मानवीय काम सञ्चालन गरेका थिए। कार्टरको राजनीतिक जीवन, मानवीय योगदान र व्यक्तिगत जीवन अमेरिकी इतिहासको महत्वपूर्ण अध्यायका रूपमा स्मरण गरिनेछ।

कार्टरले मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले सन् २००२ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए।

उनले पदमा रहँदा वा नरहँदा पनि कार्टर सेन्टरको नामबाट शान्ति, मानवअधिकार, चुनाव पर्यवेक्षण लगायतका सेवामुलक क्षेत्रमा काम गर्दै आएका थिए ।

उनको निधनप्रति अमेरिकी राष्ट्रपति जो बाइडन, पूर्व राष्ट्रपति बाराक ओबामा लगायत विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *