अंग्रेजी नयाँ वर्षको दिनमा जनमत पार्टीले धोती दिवस मनाउने

भक्तपुर न्यूज

१४ पुष २०८१ १७:२०

अंग्रेजी नयाँ वर्षको दिनमा जनमत पार्टीले धोती दिवस मनाउने

काठमाडौं । अंग्रेजी नयाँ वर्षको दिनमा जनमत पार्टीले धोती दिवस मनाउने भएको छ । पुस १७ (जनवरी १) मा जनमतले धोती दिवस मनाउने निर्णय गरेको हो । आइतबार बसेको पार्टीको सचिवालय बैठकले धोती दिवस मनाउने निर्णय भएको प्रवक्ता डा.शरदसिंह यादवले जानकारी गराए ।

आ–आफ्नो मौलिकता झल्कने गरी धोती, कुर्ता लगायतको पोशाक लगाएर कार्यक्रममा उपस्थित हुन जनमतले पार्टी पङ्तिमा निर्देशन दिएको छ । धोती दिवस सबै जिल्लामा मनाउने जनमतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय