भारतीय फास्ट बलर बुमराहले बनाए कीर्तिमान
काठमाडौं । भारतका फास्ट बलर जसप्रित बुमराहले मेलबर्नमा जारी बोर्डर-गावस्कर ट्रफीको चौथो टेस्ट क्रिकेटमा भारतीय खेलाडीको तर्फबाट कीर्तिमान बनाएका छन् । उनी टेस्ट क्रिकेटमा २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका हुन् ।
घरेलु टोली अष्ट्रेलियाका ट्राभिस हेडको विकेट लिएसँगै यो कीर्तिमान बुमराहको नाममा आएको हो । बुमराहले २०० विकेट पूरा गर्न ४४ खेल खेल्नु परेको छ । भारतीय क्रिकेटमा २०० विकेटको कोशेढुङ्गा पार गर्ने उनी दोस्रो खेलाडी बने ।
यसअघि स्पिनर रविचन्द्रन अश्विनले २०० विकेट लिएका थिए । तर फास्ट बलर तर्फ बुमराह पहिलो खेलाडी हुन् । अश्विनले ३७ खेलमा २०० विकेट लिएका थिए । बुमराह अहिले आइसीसी र्याङ्किङको टेष्ट तर्फ पहिलो नम्बरको खेलाडी समेत हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९