दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो, दुई जनाको जीवितै उद्धार
काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ । विमानमा सवार १८१ जनामध्ये ८५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको थियो ।
मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाइएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएको थियो । एजेन्सीका अनुसार विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए । योनहाप समाचार एजेन्सीका अनुसार विमानमा १७३ जना दक्षिण कोरियाली र दुईजना थाइल्यान्डका नागरिक सवार थिए । बीबीसी
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
