त्रिविको ५०औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय विद्यार्थी दीक्षित हुँदै, यी विद्यार्थीहरूले पाउने छन् पदक (नामसहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरुको नाम सार्वजनिक भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीको नाम सार्वजनिक गरेको हो । दीक्षान्त समारोह शनिवार हुँदैछ ।
त्यस अवसरमा २२ जनाले विभिन्न पदक तथा पुरस्कार पाउनेछन् । त्रिविले यसपटक १४ हजार तीन सय सात विद्यार्थीलाई दीक्षित गर्दैछ । यस वर्ष त्रिविको ५० औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह पनि मनाइँदैछ ।

प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
