दिपेन्द्रले पाएको कारको साढे १५ लाख कर शारडा ग्रुपले तिर्ने

भक्तपुर न्यूज

१० पुष २०८१ १५:३१

दिपेन्द्रले पाएको कारको साढे १५ लाख कर शारडा ग्रुपले तिर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा नेपाली सर्वोत्कृष्ट खेलाडी दीपेन्द्र सिंह ऐरीले पाएको कारको कर ‘शारडा ग्रुप’ले दिने भएको छ । एसपीजी अटोमोबाइल्स प्रालि (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक)को अभिभावक कम्पनी शारडा ग्रुपले कर आफैँ दिने निर्णय गरेको हो ।

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी हुँदै ओमोडा इफाइभ डिलक्स एसयुभी पाएका थिए । पुरस्कार पाएको सो कारको आकस्मिक लाभ करबाट दीपेन्द्रले १५ लाख ५० हजार कर तिर्नुपर्नेछ । कार दिने कम्पनी शारडा ग्रुपले नै कर तिरिदिने बताएको छ ।

शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडाले अहिले खेलाडीलाई धेरै भार नपरोस् भनेर आफूहरूले नै कर दिने बताएका छन् ।

‘दीपेन्द्रलाई हामीले ६२ लाखको कार दियौँ । ६०–६२ लाखको कार नै दिइसकेपछि १५ लाख कर पनि हामी नै तिरिदिऔँ भनेर यो निर्णय गरेका हौँ,’ शारडाले भने ।

आयकर ऐन अनुसार नेपाल सरकारले पुरस्कारमा लाग्ने करमा छुट भने दिन सक्छ । नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गरी दीपेन्द्रले पाएको पुरस्कारमा कर छुट दिने सक्ने व्यवस्था आयकर ऐनमा छ । तर, सरकारले यता ध्यान नदिएपछि कार दिने कम्पनीले नै कर तिरिदिन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *