सिप्रदीको क्रिसमस अफर : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

भक्तपुर न्यूज

१० पुष २०८१ १३:५८

सिप्रदीको क्रिसमस अफर : पुराना गाडीसँग ‘टियागो ईभी र पन्च ईभी’ साट्न सकिने

काठमाडौं । टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले क्रिसमसको अवसरमा आजदेखि १२ गतेसम्म ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्दै छ। टाटा ब्रान्डका गाडीहरु लिन खोज्ने ग्राहकहरुलाई उत्कृष्टभन्दा उत्कृष्टरुपमा आफ्नो प्रतिबद्धतास्वरूप सिप्रदीले ‘एक्समस एक्सचेन्ज’ कार्यक्रम आयोजना गर्न लागेको हो।

यस कार्यक्रममा टाटा ब्रान्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी, जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग साट्न सकिनेछ।

टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरुले “आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्र मार्फत आइफोन १६ प्रो समेत प्राप्त गर्ने सकिने” सिप्रदीले जनाएको छ।

सो अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कम्पनीले अनुरोध समेत गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय