टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु, चार घाइते

भक्तपुर न्यूज

१० पुष २०८१ ११:३५

टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु, चार घाइते

काठमाडौं । टर्किको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न र घाइतेहरूलाई चिकित्सा सहायता उपलब्ध गराउन काम गरिरहेको बताए । सन् २०१४ मा सञ्चालनमा आएको उक्त कारखानाले हलुका हतियारका लागि गोलाबारी उत्पादन गरिरहेको बताइएको छ ।

अधिकारीहरूले विस्फोटको कारणको बारेमा पूर्ण अनुसन्धान सुरु गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *