नाभासले गरे अन्तर्राष्ट्रिय तथा व्यावसायिक फुटबलबाट सन्यासको घोषणा

भक्तपुर न्यूज

१० पुष २०८१ १०:५०

नाभासले गरे अन्तर्राष्ट्रिय तथा व्यावसायिक फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । सेभिया तथा स्पेनक रक्षक जिसस नाभासले अन्तर्राष्ट्रिय तथा व्यावसायिक फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३९ वर्षीय नाभासले सन्यास घोषणा गरेसँगै स्पेनिस ला लिगाअन्तर्गत आइतबार रियल मेड्रिडविरुद्ध खेलेको खेल नै उनको अन्तिम बन्यो।

उनी उक्त खेलको ६५औं मिनेटमा मैदान प्रवेश गरेका थिए। दुवै टोलीका खेलाडीले नाभासलाई ‘गार्ड अफ अनर प्रदान’ गरेका थिए। नाभासले सन् २००९ मा स्पेनको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए। ५६ अन्तर्राष्ट्रिय म्याच खेलेका उनको नाममा पाँच गोल छ।

नाभासले स्पेनका लागि सन् २०१० को विश्वकप तथा सन् २०१२ र २०२४ को युरोपियन च्याम्पियनसिप जितेका छन्। सन् २००२ मा सेभिया भित्रिएका नाभासले सन् २००३ मा सियिनर टोलीबाट व्यावसायिक करिअर सुरु गरेका थिए। एक दशक रामोन सञ्चेज पिज्जुआनमा बिताएका नाभासले २८५ स्पेनिस ला लिगा खेलमा २३ गोल गरे।

सेभिया छाडेर सन् २०१३ मा इङ्लिस क्लब म्याचेस्टर सिटी पुगेका नाभासले चार वर्ष इत्तिहाद रंगशालामा बिताए । उनले सिटीका लागि १२३ प्रिमियर लिग खेल खेल्दा चार गोल गरेका छन्। नाभास सन् २०१७ मा सेभिया फर्किएका थिए । त्यसपछि उनले क्लबका लागि २३१ ला लिग म्याच खेल्दा तीन गोल गरे।

नाभासले सेभियामा रहँदा चार युइएफए युरोपा लिगको उपाधि जिते। त्यसैगरी उनी सन् २०१४ मा सिटीबाट प्रिमियर लिग च्याम्पियन बनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *