म्यानमारबाट उद्धार गरि थाइल्याण्ड पुर्‍याइएका पाँच नेपाली डिपोर्ट

भक्तपुर न्यूज

९ पुष २०८१ १५:४८

म्यानमारबाट उद्धार गरि थाइल्याण्ड पुर्‍याइएका पाँच नेपाली डिपोर्ट

काठमाडौं । म्यानमारको मेवाडीबाट उद्धार गरि थाइल्याण्ड पुर्‍याइएका पाँच जना नेपालीलाई नेपाल डिपोर्ट गरिएको छ।

टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड पुर्‍याइएका पाँच जना नेपालीमध्ये चार जना (पुरुष)लाई १७ डिसेम्बर र एक जना महिलालाई आज (२४ डिसेम्बर) नेपाल फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ। थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्था समेतको सहयोगमा उनीहरूलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याणलगायत देशमा नजान दूतावासले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *