टर्कीको कारखानामा शक्तिशाली विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु

भक्तपुर न्यूज

९ पुष २०८१ १५:०३

टर्कीको कारखानामा शक्तिशाली विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । टर्कीको एउटा कारखानामा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोट विस्फोटक पदार्थ बनाउने कारखानामा भएको हो ।

सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार टर्कीको बालिकेसिर प्रान्तको कारेसी क्षेत्रमा रहेको कारखानामा विस्फोट भएको थियो । यस क्रममा कम्तीमा १२ जनाको मृत्यु भएको र अरू तीन जना घाइते भएको प्रान्तका गभर्नरले बताएका छन् ।

विस्फोटका कारण एउटा भवन ढलेको थियो । आसपासको भवनमा पनि सामान्य क्षति पुगेको छ । अधिकारीहरूले यस घटनामाथि छानबिन सुरु गरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *