राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा पुस ५ र ६ गते बसेको बैठकमा प्रस्तुत गर्न बाँकी एजेण्डामाथि छलफल हुने जनाइएको छ।
समसामयिक राजनीतिक परिस्थितिको समीक्षा,स्थानीय तहको उपनिर्वाचनको समीक्षा,पार्टीको स्थानीय तहहरूको अधिवेशन,पृथ्वी जयन्ती,पार्टीका विभिन्न कार्यविधिलगायतका विविध विषयहरूमा पनि छलफल हुने राप्रपाले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
