सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं । आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै सुन तोलामा एक लाख ४९ हजार ८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि सोमबार सुन तोलामा एक लाख ४९ हजार ८ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य भने बढेको छ । आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर १८०५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि सोमबार चाँदी तोलाको १७९५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
