५ देशमा नियुक्त भएका राजदूतहरूले लिए शपथ
काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् ।
शपथ लिनेहरुमा रुसी महासंघका जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य (बेलायत) की चन्द्रकुमारी घिमिरे, स्पेनका शनिल नेपाल, दक्षिण कोरियाका डा. शिवमाया तुम्बाहाङ्फे र भारतका लागि नियुक्त भएका डा. शंकरप्रसाद शर्मा रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
