ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
काठमाडौं । दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा सो दुर्घटना हुँदा कम्तीमा ३८ जनाको मृत्यु भएको हो । मिनास गेराइस राज्यको राजमार्गमा शनिबार सो दुर्घटना भएको थियो । नागरिक प्रहरीले ३८ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने नौ जनालाई अस्पताल भर्ना गरिएको छ ।
ब्राजिलको मिनास गेरैस राज्यमा भएको बस दुर्घटनामा सन् २००७ यताकै सबैभन्दा खराब दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शनिबार दक्षिणपूर्वी ब्राजिलमा भएको बस दुर्घटनामा परी कम्तीमा ३८ जनाको मृत्यु भएको बताउँदै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
