नेपाली पार्कर खेलाडी सुनारले लेखाए गिनिज बुकमा नाम
काठमाडौं । नेपाली पार्कर खेलाडी दिनेश सुनार २० औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । उनले पार्कर र जिम्नास्टिक खेल अन्तर्गत पर्ने “द मस्ट ब्लाइन्ड फोल्डेड ब्याकवार्ड समरसल्ट इन ३० सेकेन्ड” बिधामा १४ पटक सम्म आँखा बन्द गरि आँखामा पट्टी बाँधेर हात नटेकिकन पछाडि उल्टि हानेर नयाँ रेकर्ड थप गरेका हुन् । यस विधामा कम्तीमा १० पटकसम्मको मापदण्ड रहेको थियो ।
‘सिटी अफ एक्रोनवार्ड टु गभरमेन्ट’को आयोजनामा अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा भएको एक्रोन इन्टरनेशनल डान्स फेस्टिबल कार्यक्रमका अवसरमा विभिन्न फरक देशका तीन सयभन्दा बढी दर्शकको अगाडि खेल प्रस्तुत गरी उक्त रेकर्ड राखेका हुन् ।
यससँगै दिनेश २० औँ पटक गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
