मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
भक्तपुर । सुर्यविनायक नगरपालिका–९ मा अवस्थित मदरल्याण्ड स्कुलको विशेष प्रस्तुति मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड–२०८१ सिजन-२ सम्पन्न भएको छ । करिब २१ दिनको विशेष प्रशिक्षण पश्चात शुक्रबार साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा भएको फाइनल प्रतियोगितामा जुनियर तर्फ जेशिका श्रेष्ठ मिस लिटिल स्टार मदरल्याण्ड घोषित भईन भने मास्टर लिटिल स्टार मदरल्याण्ड न्यूरोन लोहला भएका छन् । साथै सिनीयर तर्फ ह्रृदायणी सिलवाल मिस लिटिल स्टार मदरल्याण्ड र अप्रेश आलेमगर मास्टर लिटिल स्टार मदरल्याण्ड भएका छन् ।
यसैगरी जुनियर छात्रातर्फ दिपिका कार्की फष्ट रनरअप, अक्षा श्रेष्ठ सेकेण्ड रनरअप, श्रीयम्शी श्रेष्ठ थर्ड रनरअप भएका छन् । जुनियर छात्रतर्फ फष्ट रनरअप सविन श्रेष्ठ, सेकेण्ड रनरअप रियान लामा र थर्ड रनरअफ अभिषेक थापा भएका छन् । साथै सिनीयर ग्रुप छात्रा तर्फ रष्मी राई फस्ट रनरअप, समृद्धि थापा सेकेण्ड रनरअप र थर्ड रनरअप प्रसादी बस्नेत भएका छन् । सिनीयर ग्रुप छात्र तर्फ फस्ट रनरअप रसिक लवजू, सेकेण्ड रनरअप सामुयल खड्का र थर्ड रनरअप जेशन बराल भएका छन् । ट्यालेन्ट राउन्डका विजेता सहित सबै प्रतिस्पर्धीलाई विविन्न सव–टाइटलद्वारा सम्मान गरिएको थियो ।
मिस एण्ड मास्टर लिटल स्टार मदलल्याण्ड सिजन २ को उद्घाटन गर्दै सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विद्यार्थीमा निहित विविध प्रतिभालाई प्रतिस्पर्धामा उतार्नु प्रशंसणीय भएको बताउँदै विद्यार्थीहरुको आत्मबल र आत्मविश्वास बढाउन पनि पठनपाठनसँगै यस्ता खालका कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद व्यक्ति गरे ।
अब्बल एवं अनुभवी सुमी बानियाँको कोरियोग्रीफी एवं प्रशिक्षण रहेको उक्त फाइनल कार्यक्रम रोजिन शाक्यले संचालन गरेका थिए । ग्रान्ड फिनालेको निर्णायकमा नेसनल प्याव्सन भक्तपुरका सचिव एवं संगीत प्रेमी कुमार थापा मगर, केयू यूनिभर्सिटीका भिजिटिगं फेकल्टी लेक्चरर एवं मोडर्न कलेजकी एकेडेमिक डाइरेक्टर शसी कायस्थ (कस्पाल), मोडर्न हण्ट–२०२३ का विजेताद्वय रोनिश खड्गी र आयुष्मा पौड्याल रहेका थिए । साथै ट्यालेन्ट राउन्डको निर्णायकमा भिज्युअल आर्टिस्ट तथा क्रियटिभ राइटर ईन्द्र श्रेष्ठ, नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष अमर कृष्ण चन्द, संगीत प्रशिक्षक सुनिल कपाली र मदरल्याण्ड स्कुलका सह–प्रिन्सिपल राधेश्याम केसी रहेका थिए ।
साथै छात्र र छात्रा तर्फको विजेतालाई ६ महिना, फस्ट रनरअपलाई ३ महिना, सेकेण्ड रनरअपलाई २ महिना, थर्ड रनरअपलाई १ महिनाको मासिक शुल्कमा छात्रवृत्ति प्रदान गरिएको जानकारी विद्यालयकी संचालक शर्मिला देउजाले दिइन् । उक्त प्रतियोगितामा ८, ९ र १० वर्षको जुनियर ग्रुप एवं ११, १२ र १३ वर्षको सिनीयर ग्रुप गरी २६ छात्रा र २६ छात्र जम्मा ५२ जनाले प्रतिस्पर्धा गरेको स्कुलका प्रिन्सिपल सञ्जय खड्काले जानकारी दिए ।
