फिफा वरीयतामा नेपाल यथावत
काठमाडौं । फिफा वरीयतामा नेपाल यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५ औं स्थानमै यथावत रहेको हो ।
दक्षिण एसियाली मुलुकहरूको वरीयतामा नेपाल अहिले तेस्रो स्थानमा छ । भारतले एक स्थान सुधार गर्दै १२६ औं स्थान बनाएको छ । यस्तै, माल्दिभ्सले आफ्नो १६२ औं र भुटान १८२ औं स्थानमा स्थिर छन् । अन्य दक्षिण एसियाली मुलुकहरूमध्ये बंगलादेश १८५ औं, पाकिस्तान १९८ औं, र श्रीलंका २०० औं स्थानमा रहेका छन् ।
विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ । फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंग्ल्याण्ड चौथो र ब्राजिल पाँचौ स्थानमा रहेका छन् । यस्तै पोर्चुगल छैंटौ, नेदरल्याण्ड्स सातौं, बेल्जियम आठौं, इटली नवौँ र जर्मनी दशौँ स्थानमा रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९