बंगलादेशका राजदूतले गरे प्रधानमन्त्रीसँग बिदाइ भेट
काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन् ।
राजदूत चौधरीले प्रधानमन्त्री ओलीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिदाइ भेट गरेका हुन् । भेटमा दुुईपक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बंगलालादेशको आपसी सम्बन्धमा योगदान दिएकामा राजदूत चौधरीलाई धन्यवाद दिए । प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास व्यक्त गरे ।
राजदुत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बंगलादेशले शिक्षा लिँदै आएको अवगत गराए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
