यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले टस हारेर ब्याटिङ गर्दै

भक्तपुर न्यूज

५ पुष २०८१ १४:१६

यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दे भएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको टसमा बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली समयअनुसारा खेल ११: ४५ बजे हुने भनिए पनि वर्षाका कारण केही ढिला हुन पुगेको हो ।

सुपर ४ को पहिलो खेल पनि वर्षाका कारण खेल रद्द भएपछि श्रीलंकासँग १-१ अंक बाँडेको थियो । आजको खेलमा नेपालले बंगलादेशलाई हराए फाइनल पुग्नेछ। नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *