एनपीएलको फाइनल खेलको टिकट खुलाएको केही घण्टामै बिक्यो १० हजार बढी टिकट
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट खुलाएको केही घण्टामै सोल्ड आउट भएको छ। बिहीबार बेलुकी टिकट खुलेकोमा केही घण्टामै सोल्ड आउट भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
क्यानले फाइनल खेलका लागि १० हजार बढी टिकट बेच्न लागेकामा टिकट मूल्य साधारणतर्फ ५ सय र भिआइपी एक हजार रुपैयाँ तोकिएको थियो। फाइनलमा शनिबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
