चिसोमा किन सुन्निन्छन् हात खुट्टाका औँला ? यसरी गर्नुस् उपचार

भक्तपुर न्यूज

४ पुष २०८१ १४:२७

चिसोमा किन सुन्निन्छन् हात खुट्टाका औँला ? यसरी गर्नुस् उपचार

काठमाडौं । चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले हात खुट्टा सुनिने र औँलाहरूमा रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ । जाडो मौसममा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टा सुनिनु र कम्मर दुख्ने समस्या एक हो । अत्यधिक चिसोका कारण हात खुट्टाको औला रातो हुने, चिलाउने, दुख्ने र सुनिने हुन्छ । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तीजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिने चिकित्सकहरू बताउँछन्।

चिसोमा धेरै बिहान र बेलुका काम गर्ने मान्छेमा यो समस्या देखिन्छ । यसलाई नेपालीमा चिसोले खाएको पनि भनिन्छ । वैज्ञानिक भाषामा भन्दा पेरनियुसेस भनिन्छ।

यसमा चिसोले गर्दा हात र खुट्टाको रक्त्तनलीहरु सङ्कुचन हुन्छ र सुनिने, फोका हुने, चिलाउने र घाउ हुने सम्म हुन्छ । चिकित्सकका अनुसार समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ। तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने छाला रोग विशेषज्ञहरु बताउँछन्।

तपाईँको पनि यस्तै समस्या भएको छ भने यी उपायहरू अपनाउन सक्नु हुन्छ ।

-कसैलाई पहिला वा अघिल्लो वर्ष यस्तो समस्या देखिएको छ भने पछिल्लो वर्ष चिसो पानी धेरै नचलाउने

-पन्जा लगाएर बस्ने

-चिसो पानीको काम गरे पछि हात खुट्टा सेकाउने

-यो हात र खुट्टामा मात्र हैन कानमा पनि चिसोले खान्छ त्यसैले टोपी लगाएर हिँड्ने

-चिसोमा साबुनको प्रयोग धेरै गर्नु हुँदैन, यसले शरीरले उत्पादन गरेको चिल्लो पदार्थ पनि पखालिने सम्भावना हुन्छ।

–चिसोमा हात खुट्टाका औँलाहरू चलाइरहनु पर्छ। मसाज गरिरहनुपर्छ।

–मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ। यति उपाय अपनाउँदा पनि औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *