यू–१९ महिला एशिया कप : नेपाल र श्रीलङ्काबीचकाे खेल नतिजाविहीन
काठमाडौं । मलेसियाको क्वालालाम्पुरमा जारी महिला यू-१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको खेलमा नेपाल र श्रीलंकाले १-१ अङ्क बाँडेका छन्। भारती वर्षाका कारण खेल रद्द भएपछि दुवै टिमले अङ्क बाँडेका हुन्।
बायुमास ओभलमा भएको खेलमा श्रीलंका पहिले ब्याटिङ सुरु गरेको पहिलो ओभर लगत्तै वर्षाले खेल विथोलेको थियो। वर्षाका कारण १ ओभरमा १ रन जोड्दा १ विकेट गुमाएको अवस्थाबाट खेल अघि बढ्न सकेन।
ओपनर हिरुनी हासिका ३ बल खेल्दै शून्य रनमा आउट भएकी थिइन्। उनी पहिलो ओभरको पाँचै बलमा पूजा महतोको बलमा अलिसकुमारीय यादवद्वारा क्याचआउट भएकी थिइन्। नेपाल समूह चरणमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेको थियो।
नेपाल र भारतबीचको खेल रद्द हुँदा नेपाल ३ अङ्क सहित समूह ‘ए’को उपविजेताका रुपमा सुपर चारमा प्रवेश गरेको थियो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९