नेपाल र श्रीलङ्काबीचको महिला यु–१९ एसिया कप वर्षाले अवरुद्ध
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षा कारण रोकिएको छ । मलेसियाको क्वालालम्पुरस्थित वेयुमास ओभल क्रिकेट मैदानमा केही बेरअघि सुरु भएको खेल वर्षाले रोकिएको हो ।
नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो । पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउदैँ सुपर–४ मा प्रवेश गरेको थियो ।
यसैगरी, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले एक–एक अङ्क बाँडेका थिए । रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९