महिला यू-१९ एसिया कप: नेपालले श्रीलंकाविरुद्ध पहिले फिल्डिङ गर्ने
काठमाडौं । मलेसियामा जारी महिला यू-१९ एसिया कपको ‘सुपर-४’ अन्तर्गतको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध फिल्डिङ गर्ने भएको छ। मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो। यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अंक बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो।
गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन्। जसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन्। पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
