विनोद भण्डारी ‘प्लेयर अफ द म्याच’ घोषित

भक्तपुर न्यूज

३ पुष २०८१ १६:५७

विनोद भण्डारी ‘प्लेयर अफ द म्याच’ घोषित

काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारी ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । बुधबार भएको खेलमा जनकपुरलाई पराजित गर्न अविजित ५८ रन बनाएका भण्डारीले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

जनकपुरका शुभ कंसाकार ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ‘ममेन्ट अफ द म्याच’ को अवार्ड पनि जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुदूरपश्चिमका ब्राण्डन म्याकमुलनले ‘क्याच अफ द म्याच’ जितेका छन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *