गुल्मीको इस्मामा घरमै मृत फेला परिन् एक महिला
काठमाडौं । गुल्मीको इस्मामा एक महिला मृत फेला परेकी छिन् । इस्मा गाउँपालिका–४ हुलकी ५० वर्षीया मीना दर्लामी आफ्नै घरमा मृत फेला परेकी हुन् । स्थानीय भोला सिंह थापाले मृतक दर्लामीको शरीरभरि चोट र रगत रहेको बताए । घरमा श्रीमान् शिवबहादुर दर्लामी र मिना बस्दै आएका थिए ।
घटनास्थलमा शवको अवस्था हेर्दा हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनास्थलतर्फ गएको छ । घटनाको मुचुल्कापछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
