विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

भक्तपुर न्यूज

२७ मंसिर २०८१ १०:५१

विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो। उसका लागि स्कट एड्रवार्सले सर्वाधिक ४५ रनको पारी खेले। उनले ३५ बलमा पाँच चौका प्रहार गरेर उनलाई पोखराका कप्तान कुशल भुर्तेले साउट गराए। 

यस्तै रोकेश बमले २६ रन बनाउँदा निकोलस किर्टनले १९ रन बनाए। बसिर अहमद २१ रनमा अविजित रहे भने प्रतिस जिसीले अन्तिम मलमा चौका प्रहार गरे। यता, पोखराको लासग सागर ढकाल र रेमन रेफरले समान दुई विकेट लिए। कप्तान कुशल भुर्तेल, दिनेश खरेलले समन एक एक विकेट हात पारे।

दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा छन्। बिहिवारको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ।लुम्बिनी लायन्स बुधवार प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको थियो। 

पहिलो खेलमा चितवन र दोस्रो खेलमा जनकपुरसँग पराजित पोखराले तेस्रो खेलमा लुम्बिनीमाथि जित हात पारेको थियो। तर, पाँचौ खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो।

सुरुवाती दुवै खेल हारेको विराटनगरले भने तेस्रो खेलमा जित हात पारेका थिए। विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्स र अर्कोमा सुदूरपश्चिमसँग पराजित भएको थियो। तेस्रोमा टोलीले लुम्बिनीलाई हराएको थियो। चौथो खेलमा कर्णालीसँग पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय