एजेन्सी, ४ असोज । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार पाँचौं जित दर्ता गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएर लगातार पाँचौं जित दर्ता गरेको हो ।
एइबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल गरे । यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक एक गोल गरे । एइबरका लगि एनरिचले एक गोल फर्काए ।
लगातार पाँचौं जित निकालेको बार्सिलोना १५ अंक सहित शीर्ष स्थानमा छ । राति नै भएको खेलमा मालागालाई ५–० ले हराएको भ्यालेन्सिया पाँच खेलबाट ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।
बार्सिलोनाको लगातार पाँचौं जित
0
Share.
Comments