‘अहिले जसले पनि ०८४ को कुरा गर्छ, ०८१ को कुरा चाहिँ कसले गर्ने ?’ : महामन्त्री थापा

भक्तपुर न्यूज

२५ मंसिर २०८१ १५:२३

‘अहिले जसले पनि ०८४ को कुरा गर्छ, ०८१ को कुरा चाहिँ कसले गर्ने ?’ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रोजगारीको मुद्दालाई राजनीतिक दलहरुले प्रतिस्पर्धाको विषय बनाउनुपर्ने बताएका छन् । विश्व मानव अधिकार दिवसको अवसरमा आयोजित नागरिक संवाद कार्यक्रममा बोल्दै आफूले दुई दलीय संयन्त्रमा बसेर यही काम गरिरहेको बताए ।

उनले भने, ‘अहिले जसले पनि ०८४ को कुरा गर्छ, ०८१ को कुरा चाहिँ कसले गर्ने हो ? ०८१, ८२, ८३ को जिम्मा पाएका छौं राम्रो काम गरौं न ०८४ पछि जिम्मा पाए गरौंला नपाए नगरौंला । कोही न कोहीले त पाउँछ नै । अहिलेदेखि सरकारमा भएकाले पनि ०८४ भनेको छ । नगएकाले पनि भनेको छ ।’

उनले अहिले दुई दलीय संयन्त्रमा बसेर रोजगारी सिर्जनाको काममा पहल गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *