सेयर बजार ६.३२ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ४१ करोडमा सिमित
काठमाडौं । सेयर बजार मंगलबार ६.३२ अंकले घटेको छ । सेयर बजार ०.२३ प्रतिशतले घटेर २६६९ विन्दूमा पुगेको छ । बजार घटेको दिन कारोबार रकम पनि जम्मा ४ अर्ब ४१ करोड रुपैयाँमा सिमित भएको छ । बजार घटेका कारण १४८ कम्पनीले गुमाएका छन भने ८५ कम्पनीको मात्रै सेयर मूल्य सकारात्मक रहेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रोपावर ७.६७ प्रतिशतले, खानीखोला हाइड्रोपावर ७.५३ प्रतिशतले, गणपति लघुवित्तको ६.५१ प्रतिशतले सेयर मूल्य बढेको छ । बजार घटेको दिन सबैभन्दा बढी गुमाउने एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ । आज लाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
मंगलबारको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये ३०३ कम्पनीको ८७ लाख ६७ हजार कित्ता सेयरको ५२ हजार ७०५ पटक कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५