लुम्बिनीका कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित
काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।
मंगलबार भएको खेलमा लुम्बिनीलाई जिताउन अलराउण्ड प्रदर्शन गरेको उनले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । पौडेलले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनले ८० रन बनाउनुका साथै ४ विकेट लिएका थिए ।
रोहितले नै ‘सुपर फोर’ को अवार्ड जितेका छन् । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरे । लुम्बिनीका साद बिन जफरले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
