एनपीएलमा रोहित पौडेलको दोस्रो अर्धशतक
काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले चितवन राईनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन्। नेपाल प्रिमियर लिग९एनपीएल० अन्तर्गत जारी खेलमा उनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्।
रोहितले यसअघि पोखरा एभेन्जर्सविरुद्ध ९५ रनको अर्धशतकीय पारी खेलेका थिए। एनपीएलमा दुई अर्धशतक हान्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि, चितवनका रवि बोपाराले दुई अर्धशतक हानेका थिए। उनी दुई अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी हुन्। यो एनपीएलको १७ औं अर्धशतक हो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
