सेयर बजारमा १२.८४ अंकको गिरावट, ५ अर्ब ६२ करोडमाथिको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १२ अंकले घटेको छ । सेयर बजार परिसूचक १२.८४ अंकले घटेको हो । योसँगै समग्र बजार मापक २६७६.१५ मा झरेको छ ।
यस दिन ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँबराबरको एक करोड १५ लाख २३ हजार तीन कित्ता सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घट्दा पनि इमर्जिङ नेपाल लिमिटेड, महिला लघुवित्त, सिटिजन बैंक डिबेन्चर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, हिमालय डिस्ट्रिलरीलगायत कम्पनी उच्च कारोबार गर्नेमा परे । समूहगत उपसूचकतर्फ फाइनान्स, लगानी, म्यानिफ्यक्चरिङ एन्ड प्रोसेसिङ, म्युचअल फन्ड तथा अन्य समूहको सेयर मूल्य सामान्य बढेको छ । बाँकी समूहको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
८ जेठ २०८२ १५:५४
माओवादी सांसद कुसारीद्वारा सभापति साहमाथि माइक र नेमप्लेट प्रहार !
९ जेठ २०८२ १२:२२
अमेरिकामा इजरायली दूतावासका दुई कर्मचारीको हत्या
९ जेठ २०८२ १२:२०
बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
९ जेठ २०८२ १२:२४
आज सुन तोलामा १७ सय रुपैयाँ वृद्धि
९ जेठ २०८२ १२:२५