एन्ड्रिजको शतकमा लुम्बिनीलाई १० विकेटले हराउँदै पाेखराकाे कीर्तिमानी जित

भक्तपुर न्यूज

२१ मंसिर २०८१ १६:२८

एन्ड्रिजको शतकमा लुम्बिनीलाई १० विकेटले हराउँदै पाेखराकाे कीर्तिमानी जित

काठमाडौं । प्रारम्भिक ब्याटर एन्ड्रिज गउसले शतक प्रहार गरेपछि पोखरा एभेन्जर्सले कीर्तिमानी जित हासिल गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल)को शुक्रबारको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा सजिलै पूरा गरेको छ।

पोखराका लागि एन्ड्रिज गउसले शतक प्रहार गरे। उनले ५५ बलमा १२ चौका र पाँच छक्काको मद्दतले १०४ रन प्रहार गरे। त्यस्तै, दिनेश खरेलले अर्धशतक बनाए। उनले ४६ बलमा चार चौका र चार छक्काको मद्दतले ६१ रन बनाए। लुम्बिनीका कुनै पनि बलरले विकेट लिन सकेनन्। सबै महँगा सावित भए।

यसअघि ब्याटिङ गरेको लुम्बिनीले पाँच विकेटको क्षतिमा १७० रन बनाएको थियो। लुम्बिनीका लागि रोहित पौडेलले ९५ रन बनाए। उनले ५९ बलमा १० चौका र चार छक्का प्रहार गरे। त्यस्तै, टोम मूर्सले ४५ र सुदीप जोराले १८ रन बनाए। पोखराका लागि विपिन खत्रीले दुई र म्याट क्रिटचेलीले एक विकेट लिए।

यसअघि भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो। अब शनिबार बिहान लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दिउँसो कर्णाली याक्स र विराटनगर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *