दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले दिए राजीनामा

भक्तपुर न्यूज

२० मंसिर २०८१ १४:४९

दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले दिए राजीनामा

काठमाडौं । दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति युन सुक–योलले स्वीकृत पनि गरिसकेका छन् ।

राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिँदै भनेका छन्, ‘ती सबै घटनाक्रमको जिम्मा लिन्छु ।’ ह्युन सेनाका अवकाशप्राप्त जनरल हुन् । उनी राष्ट्रपति युनका स्कुलका सहपाठी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *