राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ३ अर्ब रुपैयाँ लगानी गर्ने

भक्तपुर न्यूज

२० मंसिर २०८१ १२:५१

राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ३ अर्ब रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बैंकहरुमा सो रकम लगानी गर्ने जनाएको हो। राष्ट्र बैंक उत्पादन तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ ।

वाणिज्य बैंक विकास बैंक तथा वित्त कम्पनी समेतमा गरी सो बराबरको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ४० करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ४५ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा जानकारी गराएको छ।

मुद्दती निक्षेपका रूपमा लिन चाहने बैंकहरुले मंसिर २३ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दती निक्षेप २०८१ पुस २ गतदेखि २०८२ पुस २ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

सञ्चालनमा आएको २ वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको लगायत प्रावधान पुगेका बैंकहरु ब्याजदर बोलबकोलमार्फत् निक्षेप प्रतिस्पर्धामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *