कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

भक्तपुर न्यूज

२० मंसिर २०८१ ११:४५

कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका-७ का ३० वर्षीय एकतन चौधरी छन्। लम्कीचुहा नगरपालिका-१० चुहामा स्थानीय सनराइज स्कुलको मप.०३-००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते चौधरीका चौधरीले उपचारको क्रममा टीकापुर अस्पतालमा बुधबार राति मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका-६ पिपरकोटीका २४ वर्षीय विक्रम चौधरी घाइते भएका छन्। बस चालक घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय