तोलामा ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

२० मंसिर २०८१ ११:११

तोलामा ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *