अफगानिस्तानमा महिलालाई मेडिकल शिक्षामा प्रतिबन्ध
काठमाडौं । क्रिकेटर राशिद खान र मोहम्मद नाबीले अफगानिस्तानको तालिबान सरकारले महिलाहरूलाई चिकित्सा शिक्षा नदिने निर्णयबारे सोशल मिडिया खाता एक्समा आफ्नो असन्तुष्टि व्यक्त गरेका छन्।
राशिदले आफ्नो एक्स खातामा लेखेका छन्, “देशमा महिला डाक्टर र नर्सको अभाव चिन्ताजनक छ, किनभने यसले महिलाको स्वास्थ्य र मर्यादालाई प्रत्यक्ष असर गर्छ।”
मोहम्मद नबीले लेखेका छन् , “केटीहरूलाई चिकित्सा अध्ययन गर्न प्रतिबन्ध लगाउने तालिबानको निर्णय हृदयविदारक मात्र होइन, गहिरो अन्यायपूर्ण पनि छ। इस्लामले सधैं सबैका लागि शिक्षाको महत्त्वलाई जोड दिएको छ र इतिहास त्यस्ता प्रेरणादायी मुस्लिम महिलाहरूले भरिएको छ। पुस्तादेखि पुस्तासम्म ज्ञानको माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएको छ।”
बुधबार अफगानिस्तानको तालिबान सरकारले नर्सिङ तालिम लिने महिलाको शिक्षामा प्रतिबन्ध लगाएको छ ।