फ्रान्समा प्रधानमन्त्री बर्निये नेतृत्वको सरकार ढल्यो
काठमाडौं । फ्रान्समा प्रधानमन्त्री मिशेल बर्निये नेतृत्वको सरकार ढलेको छ । बुधबार संसदबाट विश्वासको मत पाउन नसक्दा प्रधानमन्त्री बर्निये नेतृत्वको सरकार ढलेको हो । बहुमत सांसदहरूले उनको विपक्षमा मतदान गरेका थिए । सोमबार उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थी दल मिलेर अविश्वासको प्रस्ताव पेस गरेका थिए ।
फ्रान्समा अविश्वासको प्रस्तावबाट कसैको सरकार ढलेको यो सन् १९६२ यता पहिलो पटक हो । प्रधानमन्त्रीले मतदान नै नगरी बजेट पारित गर्न विशेष शक्ति प्रयोग गरेपछि उनीविरुद्ध सो प्रस्ताव पेस भएको थियो । बर्निये तीन महिना पहिले प्रधानमन्त्री बनेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००