लुम्बिनीविरुद्ध टस जितेर विराटनगर फिल्डिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार आजको दोस्रो खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्सविरुद्ध फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।
विराटनगरले यसअघि दुई खेल खेल्दा दुबैमा पराजय ब्यहोरेको छ भने प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो। यसअघिका दुवै खेल हारिसकेको विराटनगर आज जित्नै पर्ने दबाबमा छ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटको पराजय भोगेको विराटनगरले दोस्रो खेलमा मंगलबार सुदूरपश्चिम रोयल्सविरुद्ध ९० रनको पराजय बेहोर्यो। यसअघि आजको पहिलो खेलमा कर्णाली याक्स काठमाडौंसँग पराजित भएको छ। कर्णालीको यो लगातार दोस्रो हार हो भने काठमाडौंको पहिलो जित हो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
६ जेठ २०८२ १३:५९
नेपाल महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
५ जेठ २०८२ १३:२१
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
६ जेठ २०८२ १२:१९