एजेन्सी, २ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा साबिक विजेता चेल्सी आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आर्सनलले पछिल्लो ६ वर्षमा पहिलो पटक चेल्सीसँगको खेलमा एक अंक लिन सकेको हो । आर्सनलले यसअघि चेल्सीको मैदानमा भएका १८ खेलमा मात्रै एक खेल जितेको छ ।
पाँच खेलबाट १० अंक जोडेको चेल्सी तेस्रो स्थानमा कायम छ । सात अंक मात्रै जोडेको आर्सनल १२ औं स्थानमा छ ।
आर्सनलसँग बराबरीमा रोक्यो चेल्सी
0
Share.
Comments