कर्णाली याक्सले जनकपुर बोल्टस्लाई दियो १४२ रनको लक्ष्य

भक्तपुर न्यूज

१७ मंसिर २०८१ १४:४४

कर्णाली याक्सले जनकपुर बोल्टस्लाई दियो १४२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्टस्लाई १४२ रनको लक्ष्य दिएको छ ।

अर्जुन घर्ती र कप्तान सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ४३ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो । अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडेका थिए ।

नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *