जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली

भक्तपुर न्यूज

१७ मंसिर २०८१ १३:१०

जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टिम उत्कृष्ट प्रदर्शनको खोजीमा छन्, र यो खेल नेपाली क्रिकेटप्रति दर्शकहरूको आकर्षण थप्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सले जित हात पारेको थियो । जनकपुरले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा सानदार सुरुआत गरेको छ भने कर्णाली याक्सले आफ्नो पहिलो खेल जित्दै लय समात्ने लक्ष्य राखेको छ । दुवै टिमबीचको यो प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ । कर्णाली याक्सका लागि आजको खेलमा भारतीय स्टार खेलाडी शिखर धवन पनि मैदानमा उत्रदैछन्।

धवनको उपस्थितिले कर्णालीको टोलीलाई थप बलियो बनाउने विश्वास गरिएको छ । नेपाली दर्शकहरूका लागि धवनको खेल हेर्नु विशेष आकर्षणको विषय बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *