क्यान महासंघ रसुवाको तेस्रो अधिवेशनबाट अध्यक्षमा जोशी निर्वाचित

भक्तपुर न्यूज

१६ मंसिर २०८१ १७:००

क्यान महासंघ रसुवाको तेस्रो अधिवेशनबाट अध्यक्षमा जोशी निर्वाचित

काठमाडौं । क्यान महासंघ जिल्ला शाखा रसुवाको तेस्रो अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा सुविन्द्र जोशी र सचिवमा सन्जीव तामाङ सर्वसम्मत निर्वाचित भएका छन्।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ रसुवाको वार्षिक साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय महासचिव चिरञ्जीवी अधिकारीको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।

क्यान महासंघका महासचिव चिरञ्जिबी अधिकारीले क्यान रसुवाको अध्यक्ष सुबिन्द्र जोशीलाई एक गतिशील नेतृत्वकर्ता रहेको भन्दै स्थानीय स्तरको आईसीटी विकास, डिजिटल साक्षरता र युवा केन्द्रित कार्यक्रम तथा गतिविधिहरूमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

महासचिव अधिकारी नेपाल चेम्बर अफ कमर्सका साइबर सुरक्षा सल्लाहकार,नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका आईसीटी विशेषज्ञ सदस्य र नेपाल कपीराइट कार्यालयका आईसीटी विशेषज्ञ पनि छन् । क्यान रसुवाको नयाँ नेतृत्वको उपाध्यक्षमा दावा मेन्दो तामाङ,सचिवमा सन्जीव तामाङ,सह–सचिवमा गणेश सापकोटा, कोषाध्यक्षमा हरिष अवस्थी र सदस्यमा सौगात अधिकारी निर्वाचित छन् ।

क्यान रसुवाको वार्षिक साधारणसभा तथा अधिवेशनको विशिष्ट अतिथि केन्द्रीय सचिव तथा प्रतिनिधि शेखरनाथ दुलाल, क्यान महासंघ दोलखा शाखाका निवर्तमान अध्यक्ष सुदिप घिमिरे, क्यान महासंघ नुवाकोट शाखाका निवर्तमान अध्यक्ष पवन नेपाल, क्यान महासंघ नुवाकोट शाखाका नवनिर्वाचित अध्यक्ष नारायण कुमार घले तथा बर्तमान कार्यसमितीको समेत उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय